नेभिगेशन

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा गएराति ठूलो वर्षा

काठमाण्डौ — गएराति कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा भएको छ । लमजुङको कुञ्चा वर्षामापन केन्द्रमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो ६ घण्टामा झण्डै १२० मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै सुनसरीको धरान बजारमा ८८.२ मिलिमिटर पानी परेको छ । चितवन र गोरखामा पनि पानी ठूलो पानी परेको छ । अरु केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो पनि देशका हिमाली भागका केही ठाउँ र पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । साथै तराई भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज