नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

साउदी अरबमा भएको हमलामा एक नेपालीको ज्यान गयो

काठमाण्डौ – सउदी अरबमा हिजो भएको हमलामा परी एक नेपाली श्रमिकको ज्यान गएको छ ।

साउदीको जिजान शहरमा रहेको तेल प्रशोधन केन्द्रमा हवाई हमला हुँदा त्यहाँ कार्यरत एक नेपालीको ज्यान गएको कतारी मिडिया अल जजिराले जनाएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको र अरु तीन जना घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ ।  मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ ।

द्वन्द्व र विवादको समाधानका लागि अधिकतम संयमता अपनाउन तथा शान्तिपूर्ण उपाय अवलम्बन गर्न नेपालले सबै पक्षलाई आग्रह गरेको छ ।

Frogen-1795748674.JPG

प्रकाशित मिति:
थप समाज