नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आजदेखि हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । कोशी र बागमतीका हिमाली तथा देशका अरु पहाडी भेगमा सामान्य बादल लाग्नेछ र बाँकी ठाउँको मौसम सफा रहने अनुमान छ ।

बिहानपख तराई, उपत्यका तथा खोँचहरुमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै पर्सि आइतवार र सोमवार पनि हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज