नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

पत्रकार महासङ्घद्वारा दाेस्राे चरणकाे आन्दाेलन घाेषणा

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलनपछि पनि सरकारले माग सम्बोधन नगरेको भन्दै महासङ्घले राजनीतिक दलहरूलाई दबाव दिन नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार मङ्सिर १३ गतेदेखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिइनेछ । कुनै दलले लिखित ऐक्यबद्धता जनाएमा भने सम्बन्धित दलको कार्यालयको धर्ना कार्यक्रम फिर्ता लिने महासङ्घले जनाएको छ ।

त्यस्तै मङ्सिर २० गते काठमाण्डाैको माइतीघरसहित देशभरका जिल्ला सदरमुकामहरूमा कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिनेछ ।

समाचार कक्षमा प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रणका प्रयास, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइएको विरोधमा महासङ्घ आन्दोलित बनेको हो ।

1-1795693754.JPG

प्रकाशित मिति:
थप समाज