नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीकाे माग

काठमाण्डाै – सरकारले काठमाण्डौको बागमती, मनोहरालगायत नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्दा विस्थापित भएकाहरूले वैकल्पिक बासस्थान वा स्थायी पुनर्स्थापनाको व्यवस्था गरेपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन माग गरेका छन् ।

भक्तपुरको बोडे, खरिपाटी र इचङ्गुनारायणमा रहेका होल्डिङ सेन्टर भोलि शुक्रवारसम्म खाली गर्न सूचना टाँस भएपछि त्यहाँ रहेका विस्थापितहरूले सूचना फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका उनीहरूले विना विकल्प बाहिरिनुपर्ने बाध्यता सिर्जना गरेको गुनासो गरेका छन् ।

यसअघि नदी किनारका छाप्रो तथा घरटहरा भत्काउँदा भएको क्षतिबाट उम्कन नपाउँदै आश्रयस्थलबाट समेत उठ्नुपर्ने अवस्था आएपछि आफूहरू झनै ठूलो विचल्लीमा परेको पीडितहरूको गुनासो छ ।

राज्यले नाममा जग्गा देखिएको भन्दै केही परिवारलाई मात्र वर्गीकरण गर्ने तर अन्य भूमिहीन तथा वास्तविक पीडितहरूको दिगो बसाइँको प्रबन्ध नगर्ने हो भने थप आन्दोलनका कार्यक्रम अघि बढाउने उनीहरूको चेतावनी छ ।

प्रकाशित मिति:
थप समाज