नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

जब भारतीय स्टारले नक्कली नाम राखेर न्युजिल्यान्डको क्लब क्रिकेट खेले...

काठमाण्डाै – भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्यान्डको क्राइस्टचर्चमा एउटा क्लब टोलीका लागि ‘स्ट्यान स्ट्यान’ भन्ने नक्कली नाम राखेर अनपेक्षित रूपमा सहभागिता जनाएका छन् ।

२९ वर्षीय पन्तले हिजो बिहीवार ‘द चोजेन वन्स’ सँगको खेलमा ‘ओपन हाउस स्विङ्गर्स’ का लागि खेल्दै २१ बलमा ५४ रन बनाए । यो खेल ‘ओपन हाउस स्विङ्गर्स’ ले १६ रनले जित्यो ।

घरेलु टोली न्युजिल्यान्डसँगको दोस्रो टेस्ट शुरू हुनुभन्दा एक दिनअघि ऋषभ पन्तले क्लब खेलमा सहभागिता जनाएका हुन् ।

‘ओपन हाउस’ का खेलाडी मोहम्मद सफीले पन्तलाई विद्युतीय मोटरसाइकलमा देखेको र उनीकहाँ पुगेर आफ्नो टोलीमा एक जना खेलाडी कम भएको बताएका छन् । त्यसपछि पन्त क्लबबाट खेल्न सहमत भएका थिए ।

सफीका अनुसार खेलमा सहभागी दुवै टोलीका धेरै खेलाडीले पन्तलाई तत्काल चिन्न सकेनन् । उनीसँग खेल्नका लागि आवश्यक पोशाकसमेत नभएकाले क्लबका अन्य खेलाडीबाट सामग्री सापटी लिनुपरेको थियो ।

न्युजिल्यान्डका कप्तान टम ल्याथमले पन्तको उपस्थितिलाई उत्कृष्ट भन्दै यसले उनको वास्तविक चरित्र झल्काएको उल्लेख गरेका छन् ।

यस्तै भारतका बलिङ प्रशिक्षक तथा दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर मोर्ने मोर्केलले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो फुटेज देख्दा आफू कुर्सीबाट झन्डै खसेको बताएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद