नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

२ पटकका विजेता सिनर अस्ट्रेलियन ओपनबाट बाहिरिए

काठमाण्डाै – इटालियन टेनिस स्टार जानिक सिनरले सन् २०२७ को अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् ।

दाहिने घुँडाको शल्यक्रियापछि २५ वर्षीय सिनरले स्वास्थ्य लाभलाई प्राथमिकता दिने निर्णय गरेका छन् । दुई पटकका विजेता सिनरले प्रतियोगिता नखेल्ने आयोजकले पुष्टि गरेका छन् ।

अब सिनर पूर्णरूपमा स्वस्थ भएपछि मात्र कोर्टमा फर्कने योजनामा छन् । २५ वर्षीय सिनरले गएको मङ्गलवार दाहिने घुँडाको शल्यक्रिया गराएका थिए ।

अस्ट्रेलियन ओपनमा सिनरको प्रदर्शन निकै प्रभावशाली छ । उनले विगत तीन वर्षमा दुई पटक यो प्रतियोगिताको उपाधि जितेका छन् ।

सिनरले अहिलेसम्म अस्ट्रेलियन ओपनमा ७ पटक सहभागिता जनाएका छन् । यस अवधिमा उनले २७ खेल जितेका छन् भने ५ खेल हारेका छन् ।

वर्षको पहिलो ग्रान्ड स्ल्याम प्रतियोगिता मेलबर्नमा आउँदो जनवरी १७ देखि शुरू हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद