नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाण्डाै – साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ ।

झापाको दूधे रङ्गशालामा आज भएको दोस्रो सेमिफाइलनमा आर्मीले पुलिसलाई १–० गोलले हरायो । आर्मीकी चन्द्रा भण्डारीले गोल गरिन् ।

अब आर्मीले उपाधिका लागि फाइनलमा पहिलाे संस्करणकाे उपविजेता एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा झापा–११ लाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

फाइनल खेल पर्सि शनिवार हुनेछ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति:
थप खेलकुद