नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

झापा–११ लाई हराउँदै एपीएफ झापा महिला गोल्डकपको फाइनलमा

काठमाण्डाै – झापा–११ फुटबल क्लबलाई हराउँदै विभागीय टोली एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ ।

झापाको दूधे रङ्गशालामा आज भएको पहिलो सेमिफाइलनमा एपीएफले झापा–११ लाई २–० गोलले हरायो । एपीएफकी रश्मीकुमारी घिसिङले २ गोल गरिन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि दिउँसो विभागीय दुई टोली नेपाल पुलिस फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो संस्करणको झापा महिला गोल्डकपको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति:
थप खेलकुद