नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

नेपाल एशिया कप राइजिङ स्टार्सबाट बाहिरियो

एशिया कप राइजिङ स्टार्समा पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

कतारको दोहामा हिजो भएको आफ्नो समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर ३ बलमा ७२ रनमै समेटियो ।

नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । पाकिस्तानका मोहम्मद हसनैन र सुफियान मुकिमले तीन–तीन विकेट लिए भने मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । नेपालका राशिद खानले पाँच विकेट लिए ।

अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक/एक विकेट लिए । नेपाल प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतसँग ३०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो ।
 

प्रकाशित मिति:
थप खेलकुद