नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटाे दाेहाेराे शतक पनि सूर्यवंशीकाे नाममा

काठमाण्डाै – एशिया कप राइजिङ स्टार्समा भारत ‘ए’ ले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले हराएको छ ।

यूएईले दिएको २५० रनको लक्ष्य भारत ‘ए’ ले १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । भारत ‘ए’ का वैभव सूर्यवंशीले कीर्तिमानी दोहोरो शतक बनाए । उनले ५३ बलमा २०४ रन बनाउँदै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमान कायम गरेका हुन् ।

यसअघि यो कीर्तिमान न्युजिल्यान्डका चाड बोव्सको नाममा थियो । उनले १०३ बलमा दोहोरो शतक बनाएका थिए ।

यस्तै सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान पनि बनाएका छन् । उनले २८ बलमै शतक पूरा गरे । यसअघि अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्कले २९ बलमा शतक बनाएका थिए ।

यस्तै सूर्यवंशी एकै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी पनि बनेका छन् । उनले आजको खेलमा २८ छक्का प्रहार गरे । यसअघि अस्ट्रेलियाका डार्सी शर्टले एकै खेलमा २३ छक्का प्रहार गरेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद