नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

सन् २०२८ काे काेपा अमेरिका पनि अमेरिकामा हुने

काठमाण्डाै – अमेरिकाले सन् २०२८ मा लगातार दोस्रो पटक कोपा अमेरिका आयोजना गर्ने भएको छ ।

दक्षिण अमेरिकी फुटबल महासङ्घ (कोनमेबोल) र उत्तर, मध्य अमेरिका तथा क्यारिबियन एसोसिएशन फुटबल महासङ्घ (कन्काकाफ) ले हिजो मङ्गलवार यसबारे घोषणा गरेका हुन् । प्रतियाेगिता आयाेजना हुने शहर र ठाउँहरूबारे विस्तृत जानकारी पछि घोषणा हुनेछ ।

सन् २०२८ को जुन ९ देखि जुलाई ९ सम्म सञ्चालन हुने यस प्रतियोगितामा दक्षिण अमेरिकाका १० टोलीका साथै उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका ६ टोली सहभागी हुनेछन् । कन्काकाफ क्षेत्रका टोलीहरू सन् २०२७ को ’गोल्ड कप’ मार्फत छनोट हुनेछन् ।

सन् २०२४ मा अमेरिकाले कोपा अमेरिकाको पछिल्लो संस्करण आयोजना गरेको थियो । याे संस्करणकाे फाइनलमा अर्जेन्टिनाले काेलम्बियालाई १–० गाेलले हराएकाे थियाे ।

प्रकाशित मिति:
थप खेलकुद