नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

भूटानमा हुने गेलेफु टी–२० शृङ्खलाका लागि नेपाल ‘ए’ टोली घोषणा

काठमाण्डाै – भूटानमा हुने गेलेफु पुरुष टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाल ‘ए’ टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा सन्तोषसहित विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रूपेश सिंह, दीपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन् ।

गेलेफु टी–२० शृङ्खला आउँदो डिसेम्बर ४ देखि १३ सम्म हुनेछ । प्रतियोगितामा आयोजक भूटानसँगै नेपाल ‘ए’, थाइल्यान्ड, बहराइन र माल्दिभ्स रहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद