नेभिगेशन

आयल निगमले भनेजस्तो सहज छैन टेकुको धरातलीय यथार्थ (फोटो फिचर)

काठमाण्डौ - काठमाण्डौको टेकुमा रहेको नेश्नल ट्रेडिङ शाखा कार्यालयमा खाना पकाउने एलपी ग्यास लिनले उपभोक्ताको लामो भीड छ । बिहानदेखि नै ग्यासका रित्ता सिलिण्डर बोकेर सर्वसाधारण लामो लाइनमा बसेका हुन् । कतिपयले सिलिण्डर काँधमा, मोटरसाइकलमा वा हातमै बोकेर आफ्नो पालो कुरिरहेका छन् । 

नेपाल आयल निगमले भने देशभर एलपी ग्यासको आपूर्ति सहज रहेको र अभाव नभएको दाबी गरेको छ ।  निगमका अनुसार भारतबाट ग्यास बोकेका बुलेट नियमित रूपमा भित्रिरहेका छन् र उद्योगीलाई आवश्यक आपूर्ति उपलब्ध गराइएको छ। उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न खोज्नु र केही डिलरबाट कृत्रिम अभाव सिर्जना हुनु अहिले मुख्य समस्या रहेको निगमले जनाएको छ । 

17-1785740184.jpg
तर टेकु पुगेका उपभोक्ताको अनुभव भने फरक देखिएको छ । स्थानीय डिलरमा ग्यास नपाएपछि वितरण केन्द्रसम्म पुग्न बाध्य भएको उनीहरूको भनाइ छ। हजारौँ उपभोक्ता लाइनमा उभिँदा घाम, झरी र हिलोको समेत सामना गर्नुपरेको छ । नेश्नल ट्रेडिङ टेकु शाखाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै ग्यास वितरण गर्ने व्यवस्था गरेको छ । 

उपभोक्ता अधिकारकर्मीहरूले पनि काठमाण्डौका डिलरमा ग्यासको वास्तविक अवस्था, कालोबजारी तथा कृत्रिम अभावबारे प्रभावकारी बजार अनुगमन गर्न नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनीहरूले विज्ञप्तिमार्फत ग्यास पर्याप्त रहेको दाबी गर्नेभन्दा उपभोक्ताको घरदैलोमै सहज रूपमा ग्यास उपलब्ध हुने वातावरण बनाउन सम्बन्धित निकायले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन् ।

17-1785740184.jpg

18-1785740184.jpg

7-1785740183.jpg

8-1785740183.jpg

12-1785740183.jpg

11-1785740183.jpg

9-1785740183.jpg

2-1785740181.jpg

3-1785740182.jpg

4-1785740182.jpg

5-1785740182.jpg

17-1785740184.jpg

14-1785740184.jpg

13-1785740184.jpg

15-1785740184.jpg

16-1785740184.jpg

17-1785740184.jpg

प्रकाशित मिति:
थप समाचार