नेभिगेशन
शनिबार, असोज १०, २०८३

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ — हिजो घटबढ नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो घटबढ नभएको सुनको भाउ आज सामान्य मात्रै घटेको  हो । अस्ति आइतबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार  रुपैयाँ थियो । यस्तै, चाँदी आज  चार हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 


 

प्रकाशित मिति:
थप अर्थ