नेभिगेशन

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

काठमाण्डौ - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गर्नुभएको छ । 

उहाँले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो । शव पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुवा–आमा आएपछि आज फेरि छलफल हुने भएको छ । हिजो शव बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफैँ अस्पताल पुगेर छलफल गर्नुभएको थियो । उहाँले सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएको साउन १० गते राति भएको घटनामा यसअघि दुई जनाले ज्यान गुमाएका थिए । २५ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो ।

प्रकाशित मिति:
थप समाज