नेभिगेशन

झन्डै ४ महिनादेखि बन्द रहेको ‘काठमाण्डाै उपत्यका सार्वजनिक पुस्तकालय’ खुल्यो

भाडा विवादका कारण झन्डै ४ महिनादेखि बन्द रहेकाे भृकुटीमण्डपको ‘काठमाण्डाै उपत्यका सार्वजनिक पुस्तकालय’ आजदेखि फेरि सञ्चालनमा आएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको निर्णयअनुसार समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय, काठमाण्डाै महानगरपालिका र पुस्तकालयका प्रतिनिधिको उपस्थितिमा पुस्तकालयको ताला खोलिएको हो ।

परिषद् र पुस्तकालय समाजबीच वर्षाैँदेखि चलिरहेको २ करोड ८५ लाख रुपैयाँ भाडा बक्यौता विवादका कारण गएको चैत ३० गतेदेखि पुस्तकालय बन्द थियो । 

पुस्तकहरूको व्यवस्थापन र सरसफाइका लागि केही दिन लाग्ने भएकाले आउँदो २५ गतेदेखि पाठकहरूका लागि पुस्तकालय खुला गर्ने तयारी छ ।

तालाबन्दी भएको ११४औँ दिनमा पुस्तकालय खुलेपछि दैनिक त्यहाँ पुग्ने झन्डै १५० जना पाठक तथा अध्ययनकर्तालाई सहज भएको छ ।

२०६० सालमा स्थापना भएको यस पुस्तकालयमा ५० हजारभन्दा धेरै पुस्तकहरू उपलब्ध छन् ।

प्रकाशित मिति:
थप समाज