नेभिगेशन

इङ्ग्ल्यान्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप

काठमाण्डाै – इङ्ग्ल्यान्डका फुटबलर इभान टोनीमाथि मध्य लन्डनको एक रात्रि क्लबमा कुटपिट गरेको आरोप लागेको छ ।

३० वर्षीय खेलाडिमाथिको यो आरोप गएको वर्षको डिसेम्बर ६ मा वार्डोर स्ट्रिटमा रहेको एउटा रात्रि क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ ।

नर्थह्याम्पटनका इभान टोनीमाथि गएको जुलाई ३१ मा शारीरिक चोट पुर्‍याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ । अब उनी आउँदो सेप्टेम्बर २४ मा वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा उपस्थित हुनेछन् ।

टोनी अहिले साउदी प्रो लिग क्लब ‘अल–अहली’ बाट खेल्छन् । उनी सन् २०२४ मा ७ करोड २३ लाख अमेरिकी डलरमा इङ्ग्लिश प्रिमियर लिग क्लब ब्रेन्टफोर्डबाट त्यहाँ आबद्ध भएका थिए । टोनीले गएको सिजन साउदी प्रो लिगमा ४२ गोल गरेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद