नेभिगेशन

आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना : एक/दुई ठाउँमा मुसलधारे पानी पर्ने

काठमाण्डौ —  आज मधेशबाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका एक/दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ । आज राति भने मधेससहित हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । गएराति काठमाण्डौउपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी, लुम्बिनी  र कर्णाली प्रदेशका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो । 
 

प्रकाशित मिति:
थप समाज