नेभिगेशन

ढोरपाटन सिकार आरक्षमा पर्यटकको सङ्ख्या उल्लेख्य बढ्यो

काठमाण्डौ — बागलुङको ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

गएको आर्थिक वर्ष २०८२/८३ मा ३७ हजार ५२० जना पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ हजारले बढी हो । भ्रमण गर्नेमध्ये अधिकांश अर्थात् ३७ हजार दुई सय ७० जना आन्तरिक पर्यटक रहेका छन् ।

पर्यटकको आगमन बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । गएको आर्थिक वर्षमा पर्यटक प्रवेश शुल्कबाट मात्रै ४७ लाख ६८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।

पर्यटकीय पूर्वाधारको विकास, प्रचारप्रसार, व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकीपाटन र जलजलाजस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढेको हो । 

प्रकाशित मिति:
थप समाज