नेभिगेशन

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा

काठमाण्डौ  — काठमाण्डौ उपत्यका सहित बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । गएरातिदेखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति सबै प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा बढी दार्चुलामा ७७.२ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै मकवानपुर, भोजपुर, कास्की लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ । सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने वर्षा केही कम भएको छ ।

महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी  प्रदेशका तराई भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लगातार वर्षा भइरहेका बेला खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

प्रकाशित मिति:
थप समाज