नेभिगेशन

सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो

काठमाण्डौ — सुनको भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ थियो । यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज २५ रुपैयाँले बढेको छ । चाँदी तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ । चाँदी हिजो तोलाको ४ हजार ६४५ रुपैयाँ थियो ।  
 

प्रकाशित मिति:
थप अर्थ