नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

नेपालको होरा ईस्पोट्र्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाईल विश्वकपको फाइनलमा

नेपालको होरा ईस्पोट्सले फ्रान्सको पेरिसमा जारी ईस्पोट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ । समूह ‘बी’ को शीर्ष पाँचमा रहँदै होरा सोझै ग्रान्ड फिनालेमा पुग्न सफल भएको हो ।

समूहमा चौथो भएको होराले ५७ हजार ५०० डलर पुरस्कार पनि पक्का गरेको छ । आइतवार सकिएको समूह चरणमा होराले ९८ अंकसहित चौथो स्थान हासिल गरेको हो । होराले पहिलो दिन नै प्रभावशाली सुरुआत गरेको थियो ।

अन्तिम खेलअघि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अंकका आधारमा शीर्ष पाँचमै रह्यो । समूह ‘बी’ बाट भाइटालिटी १४८ अंकसहित शीर्ष स्थानमा रहँदा आईडीए, एसटुजी र गडलाइक पनि होरासँगै फाइनलमा पुगेका छन् ।

समूह ‘ए’ बाट भने फोर थ्राइभ, ओरानगुटान, अउरोरा, टिम फ्ल्यास र निग्मा ग्यालेक्सीले शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाइसकेका छन्। यससँगै ग्रान्ड फिनालेका १६ मध्ये १० टोलीको टुंगो लागिसकेको छ ।

अगस्ट १४ देखि १६ सम्म हुने ग्रान्ड फिनालेमा होरा विश्वका उत्कृष्ट १६ टोलीसँग उपाधिका लागि खेल्नेछन् । उपाधि जित्ने टोलीले मात्रै ५ लाख अमेरिकी डलर पाउनेछ भने उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख ५० हजार डलर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति:
थप खेलकुद