नेभिगेशन

आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका विकेटकिपर–ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार २३ वर्षीय क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । उनलाई पश्चिम बङ्गालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो ।

पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जुन महिनाको २३ तारिखमा मोगरा प्रहरी चौकीमा पोरेलविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । पाेरेलले भने याे आराेपलाई अस्वीकार गरेका छन् ।

पोरेल बङ्गाल क्रिकेट टोलीका प्रमुख खेलाडीहरूमध्ये एक हुन् । उनी हुगलीको चन्दननगरका बासिन्दा हुन् ।

अभिषेक पोरेल सन् २०२३ देखि आईपीएल खेलहरू खेलिरहेका छन् । उनले अहिलेसम्म आईपीएलमा ३५ खेल खेलेर २५.६३ को औसतमा ७६९ रन बनाएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद