नेभिगेशन

एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल बहराइनसँग

काठमाण्डाै – यही अगस्ट महिनाको ३० तारिखदेखि मलेशियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) ले आज परिमार्जित तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्ट ३० मा बहराइनसँग खेल्नेछ । यसअघि नेपालले सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्ने तय भएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेशिया रहेका छन् । यस्तै समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् ।

समूह चरणबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल सेप्टेम्बर १२ मा हुनेछ ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एशिया कपमा छनोट हुनेछ ।

एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

यस्तो छ नेपाली टोली–

नेपाली टाेलीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद