नेभिगेशन

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ६७४ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइयो

काठमाण्डौ - काठमाण्डौको तीनकुने गैरीगाउँमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज ६७४ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ ।

चिकित्सालयका अनुसार आज सञ्चालित कार्यक्रमबाट ३५२ जना बालिका र ३२० जना बालकले स्वर्णविन्दु खाएका हुन् ।
3584-1786545551.jpg
बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता र उत्साह देखिएको चिकित्सालयलका प्रमुख डा. रबिन भुषालले जानकारी दिनुभयो ।
चिकित्सालयका अनुसार अब आउँदो भदौ २३ गते स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुनेछ  ।

प्रकाशित मिति:
थप समाज