नेभिगेशन

पहिलाे टेस्टमा बङ्गलादेशले अस्ट्रेलियालाई १९८ रनमा अलआउट गर्‍याे

काठमाण्डाै – बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया १९८ रनमा अलआउट भएको छ ।

डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अलआउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले ७१ रन बनाए । बङ्गलादेशका हसन महमुदले ६ विकेट लिए ।

स्मिथले टेस्ट क्रिकेटमा ८२औँ अर्धशतक बनाएका हुन् । उनी अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यो सूचीको पहिलो नम्बरमा रिकी पोन्टिङ १०३ अर्धशतकसहित शीर्ष र एलन बोर्डर ९० अर्धशतकसहित दोस्रो स्थानमा छन् ।

बङ्गलादेशसँगकाे टेस्ट क्रिकेटमा अस्ट्रेलियाको याे सबैभन्दा कम याेगफल हाे । यसअघि सन् २०१७ मा अस्ट्रेलियाले मिरपुरमा २१७ रन बनाएकाे थियाे ।

अस्ट्रेलिया र बङ्गलादेशबीच २ खेलको टेस्ट शृङ्खला भइरहेको हो । दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्ट २२ देखि शुरू हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद