नेभिगेशन

फेरि सर्‍याे १०औँ राष्ट्रिय खेलकुदको मिति

काठमाण्डाै – कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुदको मिति पाँचौँ पटक तोकिएको हो ।

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मङ्सिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।

२०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदपछि कर्णालीले १०औँ संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो ।

त्यसपछि राखेपको ११५औँ बोर्ड बैठकले २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । तर आवश्यक पूर्वाधारलगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ ।

पछिल्लो पटक राखेपको १२३औँ बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो ।

प्रकाशित मिति:
थप खेलकुद