नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

लर्ड्समा नेपाल र बङ्गलादेशबीच ऐतिहासिक टी–२० खेल हुने

काठमाण्डाै – नेपालले इङ्ग्ल्यान्ड भ्रमणका क्रममा टेस्ट राष्ट्र बङ्गलादेशसँग लर्ड्स क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएकाे छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कीर्तिपुरकाे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पत्रकार सम्मेलन आयाेजना गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको इङ्ग्ल्यान्ड भ्रमण र बङ्गलादेशसँग हुने ऐतिहासिक टी–२० खेलबारे जानकारी दिएको हो ।

क्यानका अनुसार नेपालले आउँदाे वर्ष सन् २०२७ काे जुन ३ मा लर्ड्समा बङ्गलादेशसँग टी–२० क्रिकेट खेल्नेछ ।

इङ्ग्ल्यान्ड भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
थप खेलकुद