नेभिगेशन

रोल्पा पहिरो अपडेट : १० जनाको ज्यान गएको पुष्टि, तीनजना अझै बेपत्ता

काठमाण्डौ — रोल्पाको थबाङ गाउँपालिका ५ उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर १० जनाको ज्यान गएको पुष्टि भएको छ ।

अझै तीन जना बेपत्ता रहेका रोल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने अरु ५ जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन् ।

पहिरोमा घाइते भएका दुईजनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । पहिरोमा परेर ९ वटा घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगाएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका पशुचौपायाको संख्या र अरु क्षतिको गणना नै हुन नसकेको स्थानीयबासिन्दाले बताएका छन् । स्थानीयबासिन्दाका अनुसार पूर्वी रोल्पाको सुलिचौरदेखि उवा हुँदै थबाङ पुग्ने सडक त्यसै गाउँबाट खनिएकाले माटोको थुप्रो बन्दा लेदोसहितको पहिरो खसेको हो ।  

प्रकाशित मिति:
थप समाज