नेभिगेशन

आज कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना

काठमाण्डौ — आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिमसहित कोशी, बागमती र  गण्डकी  प्रदेशको पहाडी भेगमा मुसलधारे पानी पर्ने सम्भावना छ । भरे राति पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

गएराति स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोक, गोरखा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरुमा ठूलो पानी परेको थियो । 

प्रकाशित मिति:
थप समाज