नेभिगेशन

चार वटा प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ — आज चार वटा प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग त्यस्तै लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

आज राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ठूलो पानी पर्दा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम हुन्छ ।

देशभर मनसुनी वायुको प्रभावे छ । दिउँसो पहाडी क्षेत्रसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गएराति कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परेको थियो ।

प्रकाशित मिति:
थप समाज