नेभिगेशन

मिथिलाञ्चल क्षेत्रका नवविवाहिताले आज मधुश्रावणी पर्व समापन गर्दै

काठमाण्डौ — मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् । साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले शुरु गरेको यो पर्व आज १३ औँ दिन साउन शुक्ल तृतीयामा समापन गर्न लागेका हुन् ।

श्रीमान् श्रीमतीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ । पर्व अवधिभरि भगवान् शिवशङ्कर, देवी गौरी (पार्वती) र नाग देवताको आराधना गरिन्छ ।

पर्व समापन भएपछि बर्तालुले पर्व अवधिभर दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन् ।  

प्रकाशित मिति:
थप समाज