नेभिगेशन

रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

काठमाण्डाै – रोल्पाको थबाङमा गएको बुधवार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप १ जनाको शव प्यूठानमा फेला परेको छ ।

प्यूठानको सरुमारानी गाउँपालिका–२ मा रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो ।

यससँगै थबाङ पहिरोमा परेका १३ मध्ये १२ जनाको शव फेला परिसकेको छ भने ९ वर्षीय अशिम पुन मगर अझै बेपत्ता हुनुहुन्छ । पहिरोमा घाइते भएका २ जनाको बुटवलमा उपचार भइरहेको छ ।

बुधवार लेदोसहित खसेको विनाशकारी पहिरोले कोटलबारा गाउँका १३ वटा संरचना पूर्णरूपमा नष्ट गरेको थियो ।

यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा गएकाे बिहीवार गएको पहिरोमा ४ जनाको ज्यान गएको थियो । रोल्पामा पहिरोमा परेर २ दिनमै १६ जनाको ज्यान गएको छ भने १ जना हराइरहेका छन् ।

प्रकाशित मिति:
थप समाज