नेभिगेशन

गएराति दाङ, स्याङ्जा, बर्दियालगायतका जिल्लामा ठूलो वर्षा

काठमाण्डौ – अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।

गएराति देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ । दाङ, स्याङ्जा र बर्दियामा ठूलो पानी परेको छ । कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा भने पानी कम परेको छ ।

आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको माैसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भू–भागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँ, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा हल्का वर्षा हुने अनुमान छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज