नेभिगेशन

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

काठमाण्डौ – चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा पहिरो खस्दा गएरातिदेखि अवरुद्ध पृथ्वीराजमार्ग खुलेको छ ।

मुग्लिन प्रहरीका अनुसार रुखसहितको सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध थियो । पाँचवटा डोजरको प्रयोग गरी बिहान सवा ६ बजेदेखि  पहिरो हटाइएको हाे ।

पहिरो पन्छाएसँगै यसअघि रोकिएका काठमाण्डौ भित्रने र काठमाण्डौबाट छुटेका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । मुग्लिन–काठमाण्डौ सडकखण्ड संघीय राजधानी काठमाण्डौलाई देशका विभिन्न जिल्ला तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो ।

तर पटक पटक हुने अवरोधले गाडी र यात्रु प्रभावित हुँदै आएका छन् । पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ । 

प्रकाशित मिति:
थप समाज