नेभिगेशन

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाण्डौ – आज काठमाण्डौ  उपत्यकासहित २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत देशका विभिन्न जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो ।

आज काठमाण्डौ, भक्तपुर र ललितपुरसहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना छ ।

भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज