नेभिगेशन

प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन् सुनिता

काठमाण्डाै – नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेसनल मिक्स मार्शल आर्ट्स (एमएमए) मा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छिन् ।

गएराति भारतको बेङ्गलुरुमा भएको रोनिन एफसी ३ अन्तर्गतको खेलमा उनले भारतकै शालु शर्मालाई हराएकी हुन् । गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यु खेलमै जीत हासिल गरेकी हुन् ।

तेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किकबक्सिङ र मुवाथाईमा पनि प्रतिस्पर्धा गर्दै आइरहेकी छिन् ।

सुस्मिताले आफ्नो पहिलो खेलमा जीत हासिल गर्दा निकै खुशी लागेको बताइन् । साथै उनले यो केवल शुरुआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति:
थप खेलकुद