नेभिगेशन

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाण्डौ — नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ ।  उहाँको ९१ वर्षको उमेरमा काठमाण्डौ बुढानीलकण्ठमा रहेको घरमै निधन भएको हो ।

पछिल्लो छ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँगै अन्य विधामा पनि कलम चलाउनुभएको थियो ।

नेपाल भाषा परिषदले दुई दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो । नेपाल भाषामा उहाँका एक दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।

उहाँको जन्म निम्न–मध्यमवर्गीय नेवार परिवारमा आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठबाट  भएको थियो । 

प्रकाशित मिति:
थप समाज