नेभिगेशन

पछिल्लो तीन घण्टामा लमजुङको कुञ्चामा झण्डै ८३ मिलिमिटर वर्षा

काठमाण्डौ — गएराति बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ । अरु थोरै ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा लमजुङको कुञ्चामा झण्डै ८२.६ मिलिमिटर वर्षा मापन भएको छ । गएराति बागमती र गण्डकीसहित कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा पानी परेको थियो ।

आज दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

प्रकाशित मिति:
थप समाज