नेभिगेशन

सिन्धुपाल्चोक, कास्की, पर्वतलगायतका जिल्लामा वर्षा : सावधानी अपनाउन आग्रह

काठमाण्डौ – गएराति सिन्धुपाल्चोकसहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की, पर्वतलगायतका जिल्लामा पानी परेको छ । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवाचौरमा ३४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको छ । ती र आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति:
थप समाज