नेभिगेशन

भोटेकोशीको बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ

काठमाण्डौ - भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ ।

गल्छी गाउँपालिका–४ बेल्खुखोला त्रिशूली नदी किनारमा सेफ भेटिएको थियो । तर आफूखुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज