नेभिगेशन

राहत कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै च्याटजीपीटीलाई भाैचर बनाउन लगाएपछि...

काठमाण्डाै – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन् ।

कार्कीले राहत कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भनी च्याटजीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए ।

कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोडसमेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज