नेभिगेशन

५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका २ वटा विमान काठमाण्डौ आइपुगे

काठमाण्डाै – चीनले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका २ वटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

४ जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन् । दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए ।

2-1788072455.jpg
 

झन्डै ३ घण्टाको उडानपछि काठमाण्डौ आइपुगेका ती विमानले पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान आपत्कालीन राहतसहित ५० टन सामग्री ल्याएका काठमाण्डौमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।

ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ । राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो ।

तस्वीर साैजन्य : चिनियाँ दूतावास

प्रकाशित मिति:
थप समाज