नेभिगेशन

त्रिशूली–३ ए सुरुङभित्र फसेकाहरूसँग उद्धार टोलीको संवाद भएको सांसद न्यौपानेको भनाइ

काठमाण्डौ त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूसँग उद्धार टोलीको दोहोरो संवाद भएको  छ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले आयोजनाको सुरुङभित्रबाट आवाज आएको जानकारी दिनुभएको हो ।

शुरुदेखि नै उद्धारमा खटिएका न्यौपानले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो ।’ भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उहाँको भनाइ छ ।
उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको न्यौपानेले उल्लेख गर्नुभएको छ ।

Screenshot-2026-09-04-073526-1788486808.jpg
 

प्रकाशित मिति:
थप समाज