नेभिगेशन

रसुवा बाढी : १३ हजार जनाभन्दा धेरैकाे उद्धार, १ हजार २८७ शव फेला

काठमाण्डाै – रसुवाकाे भाेटेकाेशीमा गएको १० गते आएको विनाशकारी बाढीमा परेकामध्ये अहिलेसम्म १ हजार २८७ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो साढे १२ बजेसम्म ८ वटा जिल्लामा यी शव भेटिएका हुन् ।

अहिलेसम्म रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६३, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५९ वटा शव भेटिएका छन् ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ९३ जनाको उद्धार भएको छ । ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन् ।

यस्तै बाढीमा परेर घाइते भएका ५ हजार ३९७ जनामध्ये ३०४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

उद्धार गरिएकामध्ये ४ हजार ५२१ जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ । नुवाकोटमा ३ हजार १८१, रसुवामा १ हजार १४१ र धादिङमा १९९ जना होल्डिङ सेन्टरमा बसिरहेका छन् ।

यस्तै माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि आज बिहान जीवितै उद्धार भएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ ।

1-1788508661.jpeg

प्रकाशित मिति:
थप समाज