नेभिगेशन

भोटेकोशी नदीमा तत्काल ठूलो बाढीको सम्भावना छैन : महाशाखा

काठमाण्डौ – भोटेकोशी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चिनियाँ समकक्षी निकायहरूले उपलब्ध गराएको सूचनाअनुसार बाढीको सम्भावना नरहेको महाशाखाको भनाइ छ । 

फेरि बाढी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ ।

अहिले हल्लाको पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ । पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढीको सम्भावना देखिएमा एसएमएसमार्फत पूर्वसूचना पठाउने पनि जनाएको छ ।

suchana-badhi-1788565858.JPG
 

प्रकाशित मिति:
थप समाज