नेभिगेशन

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव भेटियो, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डाै – भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्ममा १ हजार ३४१ जनाको शव भेटिएको हो । भेटिएकामध्ये ९८ जनाको शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाएको प्राधिकरणले जनाएको छ ।

यस्तै ६ हजार ७५ जना घाइतेको उपचार भएको छ । अब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेका छन् ।

अहिलेसम्म प्रभावित क्षेत्रबाट १३ हजार १०४ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ । उद्धार गरेकामध्ये ३ हजार ६५२ जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन् ।

प्रकाशित मिति:
थप समाज