नेभिगेशन

काठमाण्डौ, भक्तपुरलगायतका ठाउँमा आज पञ्चदान पर्व मनाईंदै

काठमाण्डौ – आज भदौ कृष्ण त्रयोदशीका दिन काठमाण्डौ, भक्तपुरलगायतका ठाउँमा पञ्चदान पर्व मनाईंदैछ ।

नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने विभिन्न बौद्धपर्वहरु मध्ये पञ्चदान पर्व पनि एक प्रमुख हो । यो पर्व हरेक वर्षको भदौ कृष्ण त्रयोदशीमा ललितपुरबाहेक  काठमाण्डौ, भक्तपुर, बनेपा, थिमी र नेवार बौद्ध धर्मावलम्बी भएका विभिन्न बस्तीमा मनाइन्छ ।

ललितपुरमा भने गएको साउन शुक्ल अष्टमीका दिन पञ्चदान पर्व मनाइएको थियो । पञ्चदान पर्वकै अवसरमा आज भक्तपुरमा आज पाँच वटा दिपङकर बुद्ध निकालेर नगर परिक्रमा गर्ने र दान दिने चलन छ ।

नमोबुद्धको पनौतीमा पनि पञ्चदान थापेर बेलुका नमराबुद्धको धुमधामका साथ जात्रा गरिन्छ । विशेष गरी नेपालको बौद्ध परम्परा अनुसार विभिन्न विहारमा प्रवर्जित भएका बौद्ध भिक्षु, शाक्य बज्राचार्यहरुलाई पाँच प्रकारका वस्तुहरु दान गरिन्छ । पाँच प्रकारका बस्तुमा चामल, धान, गँहु, जौलगागतका अन्न, गेडागुडी, फलफूल, सख्खर पानीको सर्बत पर्छन् ।

आजका दिन दैनिक जीवनका लागि आवश्यक पर्ने चामल, नुन, पैसा, दाल, धानलगायत  विभिन्न प्रकारका वस्तुहरू दान गर्ने परम्परा छ  । कतिपयले आ–आफ्नो क्षमता अनुसार अन्य सामग्री पनि दान दिने गरेका छन् ।

प्रकाशित मिति:
थप समाज