नेभिगेशन

नुवाकोटको देवीघाटमा पुल जडान सकियो, भोलिदेखि गाडी चल्ने

काठमाण्डौ – नुवाकोटको देवीघाटमा भोटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ ।

नेपाली सेनाले पाँच दिन लगाएर हिजो बेलुकी एक्रो ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो । नयाँ पुल आजदेखि पैदलयात्रीका लागि खुला रहने र भोलिदेखि गाडी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो ।

नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयबासिन्दा, व्यापारी तथा यात्रुहरुलाई राहत मिलेको छ ।

प्रकाशित मिति:
थप समाज